नेकपा अध्यक्ष प्रचण्डले कार्यकर्तासँग क्षमा मागे

2019
views

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकताका लागि अल्झिएको मुख्य गाँठो फुकेको बताएका छन् । जिल्ला नेतृत्व चयन गर्न निकै कठिनाई थियो प्रचण्डले भने अब अरु सजिलै फुक्छ ।

नेकपाको जिल्ला कमिटीका अध्यक्ष र सचिवहरूको घोषणा गर्न राजधानीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले एकता प्रक्रिया सोचेजस्तो तीब्र गतिमा हुन नसकेको स्विकार्दै कार्यकर्तासँग क्षमा मागे ।

उनले ‘यो कुरा सजिलो थिएन। अब नेतृत्वले गौरवका साथ तपाईँहरूलाई बधाई पनि दिन्छ र ढिला भएकोमा क्षमा पनि माग्छ ।’