नेकपा पर्वतको अध्यक्षमा सांसद गिरी र सचिवमा कुँवर

861
views

निर्मल पौडेल
पर्वत, ९, वैशाख । नेपाल कम्युनिष्ट पार्टी नेकपाको जिल्ला अध्यक्षमा सांसद पदम गिरी र सचिवमा सुदिप कुवँर चयन भएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट नेकपाले देशैभर पार्टि एकता लाई टुङगो लगाउने क्रममा पर्वतमा अध्यक्ष सांसद गिरी र सचिवमा युवा नेता कुवँर लाई चयन गरेको हो ।

गिरी पर्वतबाट प्रतिनिधि सभा सदस्यमा भारी मतका साथ बिजयी भएका थिए। पहिले पनी २०७१ सालमा भएको तत्कालीन एमालेको जिल्ला अधिवेशनवाट अध्यक्षमा गिरी निर्वाचित भएका थिए ।

यसैगरी सचिव कुँवर माओवादी केन्द्रका पूर्व सचिव रहेका थिए । सांसद गिरी कुश्मा नगरपालिका वडा नं ३ दुर्लुङ्ग नवासी हुन भने कुवँर कुस्मा नगरपालिका १२ ठुलीपोखरीका हुन् । जनआन्दोलन देखी विधार्थी आन्दोलन र पछिल्ला वर्षहरुमा पार्टी राजनीतिमा सक्रिय कुवँर प्रखर युवा नेताको रुपमा परिचीत रहेका छन् ।

जुजारु र सक्रिय दुवै युवा नेताहरुको नेतृत्वमा पार्टी अव झन सक्रिय भएर अगाडि वढ्नेमा कार्यकर्ता हरुमा हौसला थप गरिदिएको छ ।