धादिङको नौबिसे केन्द्रबिन्दु भएर ५.२ को भूकम्प

880
views

काठमाडौं, ११, वैशाख । धादिङ जिल्लाको नौबिसे आसपास केन्द्रबिन्दु भएर आज बिहान ५.२ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ६ बजेर २९ मिनेट जाँदा भूकम्प गएको हो ।

भूकम्प मापन केन्द्रका उपप्रमुख मुकुन्द भट्टराईले उक्त भूकम्प विसं २०७२ वैशाख १२ को परकम्प भएको जानकारी दिनुभयो । वैशाख १२ देखि हालसम्म चार रेक्टर स्केलभन्दा बढीका ५०० भन्दा बढी भूकम्पको परकम्प गइसकेको केन्द्रले जनाएको छ । भूकम्पको धक्का राजधानीमा महशुस गरिएको थियो ।