आइपीएलकै बीच सन्दिप एक्कासी नेपाल

781
views

काठमाडौं । भारतमा भइरहेको इन्डियन प्रिमियर लिग (आइपीएल) खेलिरहेका सन्दिप लामिछाने एक्कासी नेपाल आएका छन् । नेपाली क्रिकेट टिमका महत्वपूर्ण सदस्य सन्दीप लामिछाने बुधबार नेपाल आएका हुन् ।

व्यक्तिगत कामका कारण आइपीएल नेपाल आएको उनका म्यानेजर रमन सिवाकोटीले जानकारी दिए । बाँकी खेल खेल्न सन्दीप लगत्तै भारत फर्किने छन् ।

दिल्ली क्यापिटल्सबाट आइपीएल खेलिरहेका सन्दीपले यो संस्करणको ५ खेलमा ८ विकेट लिइसकेका छन् । दिल्लीले १२ औं खेल आउँदो सोमबार रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध खेल्दै छ ।