रेडक्रस बैदाम उपशाखाको भित्तेपत्रो विमोचन

624
views

पोखरा, १४, बैशाख । नेपाल रेडक्रस सोसाइटी बैदाम उपशाखाले नयाँ वर्ष २०७६ सालको शुभकामना आदान प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम गरेको छ । बाराहीघाटमा आयोजित कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद राजिव पाहारीले रेडक्रसले समाजमा पुर्याएको योगदानको चर्चा गर्दै शुभकामना व्यक्त गरे ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ६ का अध्यक्ष जगतबहादुर पहारी, वडा सदस्य बिष्णु बहादुर भट्टराई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा बैदाम उपशाखाका उपसभापति उमा भण्डारीले स्वागत र रेडक्रसका सात सिद्धान्त ओम विक्रम ओझाले प्रस्तुत गरे ।

उपशाखाका सभापति गिरिराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहसचिव तुलसी दाहालले गरे ।