चिनियाँ राष्ट्रपति चिनफिङबाट स्वागत

673
views

बेइजिङ, १४, वैशाख । चिनियाँ राष्ट्रपति सी चिनफिङले अन्तराष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र तथा मार्ग मञ्चमा आज सहभागी हुन आउनुभएका विभिन्न मुलुकका सरकार तथा राष्ट्र प्रमुखहरुलाई यान्ची ताल अन्तराष्ट्रिय सम्मेलन तथा प्रदर्शनी केन्द्रमा स्वागत गर्नुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी पनि यस सम्मेलनमा आयोजना हुने गोलमेच बैठकमा सहभागी हुन बेइजिङ अन्तराष्ट्रिय विमानस्थलबाट करीब ३५ किलोमिटर पर रहेको उक्त सम्मेलन केन्द्रमा आइपुग्नुभएको छ ।