लुम्बिनी भ्रमण वर्षको लागि पोखरामा रोड शो

858
views

पोखरा, १५, बैशाख । प्रेदश नं. ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले वर्ष २०७६ लाई लुम्बिनी भ्रमण वर्ष शुभारम्भको अवसरमा पोखरामा रोड–शो (सडक प्रर्दशन) गरिने भएको छ ।

आगामी जेठ ४ गते २५६३ औं बुद्ध जयन्तीको दिन विषेश कार्यक्रमको आयोजना गरि लुम्बिनी भ्रमण वर्ष २०७६ को शुभारम्भ गरिने भएकोले प्रचारप्रसारको लागि पोखरामा २४ गते रोड शो गर्न लागिएको सडक प्रदर्शन कार्यदलका संयोजक रविन्द्र शर्मा घिमिरेले वताए ।

घिमिरेका अनुसार बैशाख २२ गते भैरहवाबाट रोड शो सुरु हुने छ । २३ गते विहान पाल्पामा र दिउँसो स्याङ्जामा रोड शो गरी पोखरामा वास वस्ने र २४ गते विहान पोखरामा रोड शो गर्ने कार्यक्रम रहेको छ ।

पोखराको हल्लन चोकबाट वाराही घाटसम्म हुने रोड शोमा पन्चेवाजा सहित पर्यटन व्यवसाय तथा विभिन्न संघसंस्थाको उल्लेख्य सहभागिता रहने घिमिरेले वताए ।

रोड शो सातै प्रदेशमा गर्ने कार्यक्रम रहेको वताउँदै २४ गते नै दमौलीमा रोड शो गरी २५ गते विहान काठमाण्डौको दरबारमार्गमा रोड शो गर्नुका साथै पुर्वमा मेचीनगर नगरपालिकामा र पश्चिम नेपालको महेन्द्रनगरमा रोड शो गरिनुका साथै भारतको बुद्ध सर्किटसम्म पुगेर प्रचारप्रसार गरिने योजना रहेका पनि घिमिरेले वताए ।