नीति तथा कार्यक्रम आज संघीय संसदमा पेश हुँदै

660
views

काठमाडौँ, २०, वैशाख । आर्थिक वर्ष २०७६ र ७७ को वार्षिक नीति तथा कार्यक्रम शुक्रबार संघीय संसदमा पेस हुँदैछ । सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गर्नुहुनेछ । संयुक्त बैठक अपराह्न ४ बजे बोलाइएको छ ।

नीति तथा कार्यक्रम अनुमोदन भएपछि बजेट पूर्वको छलफल हुनेछ । बजेट पूर्वको छलफलअघि नै नीति तथा कार्यक्रम ल्याइन लागेको भन्दै प्रमुख विपक्षी दल नेपाली काँग्रेसले भने असन्तुष्टि जनाएको छ ।

नीति तथा पेस भएपछि छलफल हुनेछ । बढीमा तीन दिनसम्म छलफल चलाउने तयारी गरिएको छ । छलफलमा उठेका प्रश्नमा प्रधानमन्त्रीले सम्बोधन गरेपछि अनुमोदनको प्रक्रिया सुरु हुनेछ । नीति तथा कार्यक्रम पेसका लागि सङ्घीय संसद् सचिवालयले सम्पूर्ण तयारी पूरा गरिसकेको छ ।