नीति तथा कार्यक्रममाथि प्रतिपक्षको विरोध

506
views

काठमाडौँ, २३, वैशाख । संघीय संसद्को संयुक्त बैठकमा पेस भएको सरकारको वार्षिक नीति तथा कार्यक्रममा प्रतिपक्ष दलले विरोध जनाए । सरकारको वार्षिक कार्यक्रममाथिको छलफलमा सत्तारुढ दल प्रतिरक्षामा देखिए पनि विपक्षी दलहरूले कार्यक्रमको विरोध गरेका हुन् ।

आइतबारको छलफलमा प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाले नीति तथा कार्यक्रम ठोस योजनामा आधारित नभएको टिप्पणी गरे । उनले विगतका सरकारले गरेका कामहरुलाई आर्फले गरेको भनि प्रचार गरेको आरोप लगाए ।

नेता देउवाले ‘तोकिएको समय र लागतमा आयोजना सम्पन्न नहुने रोग नसुध्रेको, वैशाख २० सम्मको पुँजीगत खर्च ३८ प्रतिशतमात्र भएको, रणनीतिक महत्वका ठूला आयोजनाहरुलाई विशेष अनुगमन र प्रोत्साहनको प्रणालीमा बाँध्नुपर्ने, जस्ता विषयहरुलाई उठाएका छन् ।

उनले खुला प्रतिस्पर्धा र स्थापित पारदर्शी विधिहरुको प्रतिकूल हुनेगरी अधिकार केन्द्रित गर्ने कुनैपनि विधेयकप्रति हाम्रो समर्थन नहुने उल्लेख गरे । एक वर्षमा सम्पूर्ण जनसंख्यालाई स्वास्थ्य वीमामा आवद्ध गर्ने कुरा गरिएको छ तर यो सरकारको कार्यशैलीले गर्दा यसको एक छेउ पनि कार्यान्वयन हुने आधार नभएको नेता देउवाको भनाई छ ।

पानीजहाजको विषयलाई अनावश्य प्रचार गरेको टिप्पणी गरे । अहिलेको आवश्यकता सबै जिल्लामा व्यवस्थित सडक सञ्जाल भए पनि त्यसमा सरकारको ध्यान नपुगेको नेता देउवाको भनाई छ । राणकालमा चलेको स्टिमरलाई पानीजहाज नै आएको जसरी प्रचार गरिएको देउवाको टिप्पणी छ । नीति तथा कार्यक्रम लडहमा ल्याइको भन्दै उहाँले लक्ष्यअनुसार उपलब्धि हासिल हुन नसक्ने पनि बताए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद् अग्नि सापकोटाले मूलभूत रुपमा नीति तथा कार्यक्रम सही रहेको बताए । उनले मौलिकता अनुसारको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि सोही अनुसार बजेट ल्याइनु आवश्यक रहेको बताए ।

राष्ट्रिय जनता पार्टी नेपालका सांसद् शरतसिंह भण्डारीले नीति तथा कार्यक्रमको आलोचना गदै सरकारले राजनीतिक उपलब्धिका रुपमा पेस गरेका तथ्य झुट रहेको आरोप लगाए । राष्ट्रपतिले मेरो सरकार भनेर सम्बोधन गरेकोमा उनले असन्तुष्टि जनाए ।

यस्तै, संघीय समाजवादी फोरम नेपालका राजेन्द्रप्रसाद श्रेष्ठले नीति तथा कार्यक्रमका धेरै विषय सकारात्मक रहेको टिप्पणी गरे । पूर्वाधार विकास, लोककल्याण्कारी राज्य लगायतका विषयमा आएका प्रतिवद्धता राम्रा रहेको श्रेष्ठको भनाई छ ।

छलफलमा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले भ्रष्टाचार नियन्त्रण, अनियमिततामा कारबाही, सुशासन प्रवद्र्धन र राष्ट्रिय हित संरक्षणका विषयमा सरकारको प्रतिवद्धता कमजोर रहेको बताए ।

कांग्रेस सांसद् मीनेन्द्र रिजालले सरकारको नीति तथा कार्यक्रम संघीयताको मर्म विपरीत भएको बताए । सरकारले राष्ट्रपति जस्तो सम्मानित व्यक्ति र संस्थालाई समेत पटक पटक विवादमा ल्याउने काम गरेको उनको टिप्पणी छ । ७५३ स्थानीय तहमा औद्योगिक ग्राम, रोजगारी सिर्जना, रेलको सपना तथ्यहीन रहेको बताए ।

राजपाका सांसद् राजेन्द्र महतोले संविधानमा कुनै पनि शक्तिको विमति नरहेको भन्ने सरकारको धारणा गलत रहेको बताए ।

राजपाकै सांसद् लक्ष्मणलाल कर्णले डा. सिके राउतसँग भएको सहमतिको भाषाप्रति पनि आलोचना गरे । पृथकतावादी शक्ति सकिए भन्ने दुई लाइन नीति तथा कार्यक्रममा लेखेर कुनै उपलब्धि नहुने कर्णको भनाइ छ ।

सांसद् दिलेन्द्रप्रसाद बडुले सम्बोधनमा मेरो सरकार भनिएकोमा आपत्ति जनाए । बडुले उक्त शब्दले नागरिकको भावनामा समेत चोट पु¥याएको दाबी गरे ।