संघीय समाजवादी फोरम र नयाँशक्तिबीच पार्टी एकता

1232
views

काठमाडौं । संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच पार्टी एकता भएको छ । सोमबार राजधानीको कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा आयोजित कार्यक्रमबाट दुई पार्टीले एकताको घोषणा गरेका हुन् । दुइृपार्टीबीच भएको एकतापछि नयाँ पार्टीको नाम ‘समाजवादी पार्टी नेपाल’ रहेको छ ।

सभामा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादवले नौ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन । नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादव नयाँ पार्टीको अध्यक्ष रहेका छन् ।

पार्टीमा दुई सदस्य पछि थप्ने गरी २५ सदस्यीय पदाधिकारी चयन गरिएको छ । जस अन्तर्गत डा.बाबुराम भट्टराई संघिय परिषद् अध्यक्ष र उपेन्द्र यादव अध्यक्ष रहेका छन् । त्यस्तै अशोक राई पार्टीका वरिष्ठ नेता चयन भएका छन् भने राजेन्द्र श्रेष्ठ सह अध्यक्ष चयन भएका छन् ।

पार्टी उपाध्यक्षमा नमराज सुवेदी, लालबाबु राउत, हिशिला यमि, रेनु यादव, रकम चेम्जोङ, परशुराम खापुङ, युबराज कार्की र हेमराज राई चयन भएका छन्। त्यस्तै महासचिवमा गगा नारायण श्रेष्ठ, रणधज कन्दघा र रामसाहायक यादव चयन भएका छन् । डम्बर खतिवडा, दानबहादुर विश्वकर्मा र प्रकाश अधिकारी पार्टीको उप महसचिवमा चयन भएका छन्।

पार्टी सचिवमा सचिवमा मोहमद इस्तियाक राई, दुर्गा सोब, विजय यादव, परशुराम बस्नेत र प्रशान्त सिह चयन भएका छन् ।