‘साह्रै मन अत्याउने’

2126
views

सन्देश लामिछाने
पर्वत । बढ्दो डिजिटल प्रबिधिसँगै सांगीतिक क्षेत्रमा तिव्र गतिमा बेला बेला बिकृती भित्रीए पनि नेपाली गीत संगितलाई माया गर्ने सर्जकहरु मौलिकतालाई संरक्षण गर्न उत्तिकै लागि परेका छन । सामाजिक यथार्थ, मौलिकता र समसामयिक बिषयमा कलम चलाउने सर्जकहरु मध्य प्रदीप अधिकारी पनि एक हुन् ।

गीत लेखनमा अब्बल मानिने उनले लेखेका प्रायः सबै गीतहरुमा मार्मिकता, सत्यता र मौलिकता झल्किएको हुन्छ आफ्नो शब्द सृजनालाई निरन्तरता दिँदै प्रदीप अधिकारीको शब्द रहेको ‘सारै मन अत्याउनी’ बोलको गीत मन्डली टिभी नेपालको आधिकारिक युट्यूब च्यानल मार्फत सार्वजनिक भएको छ ।

लामो समय देखि सांगीतिक क्षेत्रमा निकै चर्चाको शिखरमा रहेकी बहुचर्चित गायिका बिष्णु माझी र गायक बिक्रम मल्लको सुमधुर स्वर रहेको उक्त गीतमा धुर्वराजा धितालले लय भरेका छन भने आशिष अविरलले एरेन्ज गरेका छन ।

दिपेन्द्र तिमल्सिनाको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा चर्चित मोडल मारिष्का पोखरेल र नायक तथा मोडल बिनोद न्यौपानेको अभिनय रहेको छ भने भिडियोलाइ नवराज उप्रेतीले छायांकन साथै मनोज कार्कीले सम्पादन गरेका छन ।