बालुवाटार प्रकरणः प्रधानमन्त्रीलाई टिआईसीको पत्र

1562
views

काठमाडौं । भ्रष्टाचार नियन्त्रण तथा सुशासनका लागि नागरिक संस्था ट्रान्सपरेन्सी ईन्टर नेश्नल नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ बालुवाटार प्रकरण छानविनमा अभियुक्त उम्क्याउने कार्य नगरियोस् भन्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको छ ।

संस्थाले बालुवाटार स्थित ११३ रोपनी सरकारी जग्गा कर्मचारी, भुमाफिया तथा राजनीतिक व्यक्तिहरुको मिलिभगतमा नाम दर्ता गराई हडप्नेसम्मको अनियमितता तथा भ्रष्टाचारजन्य कार्य भएको भन्दै सो प्रति गम्भिर हुन आग्रह गरेको छ ।

प्रधानमन्त्रीलाई पठाएको पत्रमा ट्रान्सपरेन्सी ईन्टर नेश्नल नेपालले सरकारद्वारा गठित पूर्व सचिव शारदा प्रसाद त्रितालको जाँचबुझ समितिले दिएको प्रतिवेदन र त्यसपछि विकसित परिस्थितिप्रति संस्थाको गम्भिर ध्यानाकर्षण गएको भन्दै उक्त जग्गा प्रकरणमा सम्भावित अभियुक्तलाई उम्क्याउने अभिप्रायले अनुसन्धान प्रक्रियामा अनुचित दबाब पर्न जान नदिने गरी कुनै प्रकारका काम बार्वाही व्यवहार हुन नदिन ध्यानाकर्षण गराएको उल्लेख छ ।