‘हरियो परियो नखाए मरियो’–साईकल मन्त्री

882
views

निर्मल पौडेल
पर्वत । फलेवास देविस्थान–६ का व्यवसायी पदम लम्साल उर्फ ‘साईकल मन्त्री’ को मुख्य नारा हो ‘हरियो परियो नखाए मरियो ।’

यो नारा लम्सालले त्यसै बनाएका होइनन् यसै नाराबाट उनले मासिक ३० हजार भन्दा बढी आम्दानी गदछन् । निकै परिश्रमी र मेहनेती ४७ वर्षका लम्साल एउटा यस्ता व्यापारी हुन जसले विगत केही वर्षदेखी फरक किसिमले व्यापार गरेर मासिक ३० हजार भन्दा वढी वचत गर्न सफल भएका छन् ।

उनको व्यापार यस्तो छ की उनी विहान सवेरै भालेको डाँकोसँगै छिमेकीका दैलामा उपस्थित हुन्छन् । लम्साल स्थानियले उत्पादन गरेको काँक्रो, लौका, घिरौँला, खुर्सानी, केरा जे छ त्यही तरकारी, फलफुल संकलन गर्दछन् र आवश्यक पर्नेहरुको घरघरमा पु¥याउँछन् ।

झोलाबाट व्यापार थालनी गरेका लम्सालसंग अहिले एउटा साईकल छ जसमा अगाडि दुइतिर २ वटा चाउचाउको कार्टुन र पछाडी प्लाष्टिकको टोकरी छ । करिव ५० देखी ७० केजीसम्म संकलन भएको तरकारी फलफूल गाउँलेको दैलोसम्म मात्र पु¥याउँदैनन् साईकलमा टन्न भरेर हातले घचेड्दै सदरमुकाम कुस्मासम्म वेच्दै पुग्छन् ।

वजारमा व्यापारीहरुले किनबेच गर्ने तरकारी फलफूल भन्दा केही रकम सस्तोमा दिने र आर्गनिक तथा ताजा हुने भएकोले व्यापार हुन्नकी भन्न पर्ने अवस्था कहिल्यै नआएको लम्साल वताउँछन् । लाखौँ युवाहरु विदेशीने क्रम वढ्दै गएको या परिपेक्ष्यमा कामलाई सवैभन्दा ठुलो महत्व दिने लम्सालले पैसा कमाउनकै लागि विदेश जानु नपर्ने भन्दै कुनै पनी काम ठुलो सानो नहुने भएकोले आँफुलाई आफ्नो कामबाट निकै सन्तुष्टि र खुशी मिलेको बताउँछन् ।

पहिले पहिले खासै केही काम गर्न मन लाग्ने थिएन तर यसरी यो व्यावसाय गर्दा फुर्तिपना वढ्दै गएको र स्वच्छ समेत भएको छु । सवैले मायाले साइकल मन्त्री भन्नुहुन्छ खुशी लाग्छ मन्त्री नै नभएपनी। लम्सालले अगाडी भने गाउँमा कसैकोमा तरकारी र फलफूल चाहिए फोन समेत गर्नुहुन्छ मैले पु¥याइदिइहाल्छु । लम्सालको चार जनाको परिवार रहेको छ । श्रीमती पनी जनता माविका कार्यरत छन् ।

यही व्यवसाय वाट परिवार मात्र पालेका छैनन् छोरा लाई वि.वि.एस् चौँथो वर्ष र कान्छी छोरी लाई वि.वि.एस् दोस्रो वर्ष सम्म पढाएका छन् । उनकी जेठी छोरीको विवाह सम्पन्न समेत गरेका लम्सालले पढ्दै गरेका छोराछोरी लाई डिग्री सम्म पढाउने वताउँछन् । केही गर्नुपर्छ भन्ने मनमा ठुलो साहस भएका लम्सालले व्यावसाय लाई लझै वढाउँदै लैजाने वताए ।

भारतको आसाममा २८ वर्ष विताएका लम्साल प्रवासमा वगाउने पसिना आफ्नै थातथलोमानै वगाउने मनसाय वनाएर घर फर्केको वताए । स्थानिय सरकारले युवालक्षित कृषि र व्यापार व्यवसाय गर्नेहरु लाई विभिन्न कार्यक्रम ल्याएको समाचार रेडियोमा सुनेपनी अहिले सम्म आँफु लाई कतैवाट सहयोग नभएको र सहयोग र अवस भए निस्वार्थ रुपमा व्यवसाय लाई थप गरेर अगाडी वढाउने वताए ।