सरकारको नीति तथा कार्यक्रम समाजवादोन्मुख

565
views

गोरखा, २, जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का फ्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले घोषणा गरेको नीति तथा कार्यक्रम सामाजवादोन्मुख रहेको बताएका छन् ।

नेपाल प्रेस संगठन गोरखाले बुधबार सदरमुकाममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले गएको एक वर्षलाई सरकारले समृद्धिको आधार वर्षका रुपमा लिएको र त्यो सफल भएको बताए ।

भर्खरै सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम समाजवादोन्मुख छ”, उनले भने ‘अब आउने बजेट पनि समाजवादोन्मुख र समृद्धिको दिशातिर केन्द्रित भएको हुनेछ ।” आउँदो जेठ १५ गते आउने बजेटले नेपाली जनताका तत्कालीन समस्या समाधान गर्ने प्रवक्ता श्रेष्ठले बताए ।

सरकारले ल्याउने आउँदो बजेटले पक्ष मात्र होइन, प्रतिपक्ष सबैलाई समेत समेट्ने गरी बजेट आउँछ”, उनले भने ।