राष्ट्रिय स्वयंसेवक नेपालको अभियान पेचिलो बन्दै

1558
views

काठमाडौं । देशमा भैइरहेको हरेक गलत क्रियाक्लाप विरुद्ध बिरोध गर्दै काम गर्ने क्षमता भएका हरुलाई अबसर दिनुपर्ने भन्दै काठमाडौंको चाबहिल चोकमा राष्ट्रिय स्वयंसेवक नामक सामाजिक संस्थाले बृहत् कोणसभा गरेको राष्ट्रिय स्वयंसेवक प्रबक्ता सफलता बोगटीले बताईन् ।

उनले पछिल्लो समयमा महिलामाथि हुने दुव्र्यवहार अन्याय अत्याचारको घटना बढेकोमा अब हरेक घरबाट महिला साथीहरू पनि सडकमा उत्रिनुपर्ने प्रबक्ता बोगटीले बताईन् । देशमा महिला राष्ट्रपति हुँदा निकै खुसी लागेको तर महिलामाथि हुने बलात्कार, हत्याको घटनाले दुःख लाग्ने गरेको बताईन् ।

काठमाडौंको चाबहिल चोकमा बोल्दै प्रबक्ता बोगटीले अब यो देशको सबै पेशा बर्गमा रहने हरेक नेपालीले आ–आफ्नो कामबाट राष्ट्र निर्माणमा योगदान दिनुपर्ने बताईन् ।

राष्ट्रिय स्वयंसेवकको बिशाल जनसभामा राष्ट्रिय स्वयंसेवक नेपाल संयोजक श्रीराम घिमिरे, महासचिव पुरुषोत्तम गजुरेल, कोषाध्यक्ष गायत्री दाहाल, सह–कोषाध्यक्ष सरिता पण्डित, राष्ट्रिय स्वयंसेवक प्रबक्ता सफलता बोगटी, उप संयोजन केशव उप्रेती, सचिव रोशन सापकोटा, उप सचिव सुदिप गजुरेल, उप–सचिव तारा क्षेत्री लगायतले देशको हरेक समस्याप्रति साझा आवाज उठाउनु पर्ने समय आएको बताए ।