पाँचथरमा वंशनास हुनेगरी ९ जनाको हत्या

517
views

फिदीम, ७, जेठ । पाँचथरको मिक्लाजुङमा गएराति एकै परिवारका ९ जनाको हत्या भएको छ । मिक्लाजुङ गाउँपालिका –३ आरुबोटमा बमकुमार फियाक (लिम्बु)र उनका ज्वाइँ धनराज फियाकका परिवारको हत्या भएको हो ।

प्रहरी निरीक्षक अरुणकुमार पौडलका अनुसार ७४ वर्षीय बमबहादुर फियाक, उनकी श्रीमती, ज्वाइँ ४१ वर्षीय धनराज शेर्मा, ६ वर्षीया एक्सा शेर्मा, ३६ वर्षीया जसिता फियाक, २६ वर्षीया मनकुमारी फियाकको हत्या भएको छ । त्यसैगरी ६ वर्षीया इक्सा शेर्मा, ८ वर्षीया मुना शेर्मा, १२ वर्षीया आशिका खजुम लिम्बूको हत्या भएको हो ।

१२ वर्षीया सीता खजुम भने भागेर बाँचेक िछिन् । मुकुन्डो लगाएका हतियारधारीले आक्रमण गरेको सीता खजुमको भनाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

घटनामा बमबहादुर फियाकका ४ जना र ज्वाइँ धनराज शेर्माको परिवारका ५ को हत्या भएको प्रहरीले जनाएको छ । धनराजको परिवारका ५ जनाको शव घरभित्रै तथा बमबहादुरको परिवारका चार जनाको शव घरभित्र र बाहिर विभत्स अवस्था भेटिएको थियो ।