जैविक विधिः स्वास्थ्य जीवन कार्यक्रम सम्पन्न

898
views

सीताराम थापा
बागलुङ । जिल्लाको बिनामारे र अर्जेवामा बैकल्पिक स्वास्थ्य जीवन अभिमुखिकरण सम्पन्न भएको छ । मानिसलाई रोग लाग्नु भन्दा रोग लाग्न नदिएर स्वस्थ जीवनयापन गर्ने उपायहरु र जैबिक बिधिहरुबारे अभिमुखिकरण गरिएको थियो।

कार्यक्रममा बोल्दै नेट फ्रेसको बरिष्ठ प्रशिक्षक गगन पौडेलले अहिलेको खानापानी, हावापानी, आनिबानीको कारण मानिसको रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आएकोबारे बिस्तृत जानकारी दिनु भयो। उहाले रोग लाई दबाई राख्ने र नियन्त्रण गर्ने औषधिहरुको प्रयोगले मानिस झन अस्वस्थ र रोग निर्मुल नभएको बताए ।

यसको लागि गरिने बैकल्पिक स्वास्थ्य जीवनशैली र रोग नियन्त्रण भन्दा निर्मुल हुने बैकल्पिक उपाय र विधिबारे जानकारी दिए । कार्यक्रममा भरत तिमिल्सिनाले स्वास्थ्य जीवन नै धन भएकोले शरिरमा भित्र भित्रै रोगी भएर क्रमशः खिईएर जाने र धेरै स्टेप पार गरेपछि रोगी भएर अस्पताल जाने भन्दा रोग लाग्ुपूर्व बेलैमा सतर्कता अपनाएर बैकल्पिक औषधी खानुपर्ने बताए ।

सतकर्म नेपालका सामाजिक अभियान्ता एवं लेखक सीताराम थापाले बैकल्पिक स्वास्थ्यबारे काम गर्ने निकाय राष्ट्रिय अन्तराष्ट्रिय तहमा गुणस्तर प्राप्त र पुर्ण कानूनी मान्यता पाएको हुनुपर्ने बताउँदै नेट फ्रेस लगायत नेपालमा २ वटा कम्पनीले मात्र पुर्ण कानूनी मान्यता पाएको आफुले अनुसन्धानबाट थाहा पाएको बताए । उनले नेट फ्रेस बिस्वसनिय र भरपर्दो बैकल्पिक स्वास्थ्य निकाय भएको जानकारी दिए ।

कार्यकर्ममा अर्जेवा र बिनामारेको वार्ड अध्यक्ष, सदस्य र सरोकारवालाहरुले आ–आफ्ना धारणा राखेका थिए ।