सीताराम थापा
बागलुङ । मर्यादित महिनावारीको लागि जैविक र नेचुरल प्याडबारे प्रशिक्षण दिइएको छ । बागलुङको जैमिनि नगरपालिकाको जैदि र अर्जेवा प्रारम्भिक चरणको जानकारीको लागि अभिमुखिकरण गरिएको हो ।
अभिमुखिकरणको सहजिकरण गर्दै सामाजिक अभियान्ता एवं महिनावारीको लागि पुरुष अभियान्ता सीताराम थापाले महिनावारी आफैमा बिटुलो नभएकोले छुवाछुत र विभेद गर्न नहुने बताए ।
थापाले महिनावारीमा हुने विभेदको अन्त्य गर्न सामाजिक चेतना आवश्यक हुने भन्दै यस क्षेत्रमा पढेलेखेका र सरोकारवाला निकायलाई समेत अभिमुखिकरण आवश्यक भएको बताए ।
यसैगरी यस सुरक्षित महिनावारीको लागि दक्षिण एसियामा नेपालमै बनेको महिलाले प्रयोग गर्ने बायो जैविक प्याड उत्पादन भएकोले यसको उत्पादन र महत्वबारे जानकारी गराए ।
स्थानिय घरेलु प्याड र बाहिर बेच्ने प्याड रसायनिक र शरीरलाई असर गर्ने प्याड भन्दा जैविक प्याड नै उत्तम भएको बताए । कार्यक्रममा जैविक प्याडका विज्ञ राधा पौडेलले उत्पादन गरेको पनि जानकारी दिए ।
महिनावारीमा सुरक्षित हुने र जैविक प्याड प्रयोग गर्दा अरु प्याड भन्दा राम्रो भएको महिला मानव अधिकार रक्षक बागलुङका अध्यक्ष ज्ञानीदेवि थापामगरले बताईन् । अभिमुखिकरण कार्यक्रमको सञ्चालन ज्ञानु थापा मगरले गरेकी थिईन् ।