कृषि मन्त्रीलाई बादर आतंकको गुनासो

2153
views

महेन्द्र जिसी
पर्वत, १४, जेठ । कृषि मन्त्रीसँग बादर आतंकबारे गुनासो व्यक्त गरेका विहादीका कृषकहरु बादरकै समस्याले खेतीपाती लगाउन कठिन भएको बताउँछन् ।

गतसाता विहादी गाउँपालिकामा आयोजित कृषकसँग कृष्गिापाठशालाको समुद्घाटन कार्यक्रममा आएका गण्डकी प्रदेशका कृषि मन्त्री लेखबहादुर थापासँग कृषकले बादर आतंकबारे गुनासा राखेका थिए । गाउँमा युवा पुस्ताको अभाव, सदरमुकाममुखी कृषि अनुृदान र वास्तविक किसानहरु अनुदानबाट विमुख हुनु परेको प्रसंग जोड्दै कृषकहरुले बादर आतंक नियन्त्रण गर्न नसकेको बताए ।

स्थानीय तहको बढ्दो डोजरे विकासको मोह, सिँचाई तथा नहरहरुको भगनावशेष अवस्थामा मर्मत संहार नहुँदा मुलहरु सुक्दै गएको र भलबाढी छोपेर लगाएको अन्नबाली समेत बादरले नष्ट गरेपछि कृषकहरुले कृषकसँग कृषि मन्त्री कार्यक्रममा यस्तो गुनासो पोखेका हुन ।

कृषकसँग कृषि मन्त्री कार्यक्रममा स्थानीय तहमा दक्ष प्राविधिको अभाव र जन प्रतिनिधीहरुमा कृषिमा चासो कम रहेका कारण कृषि क्षेत्रको विकास हुन नसकेको पनि स्थानीयको भनाई छ ।

उनिहरुले कृषि अनुदानका कार्यक्रमहरुमा दर्ता, पान, भ्याट जस्ता झण्झटिलो प्रक्रियालेसाना कृषकहरुलाई सरकारी तवरबाटै निरुत्साहित गर्ने काम भएको समेत गुनासो पोखे ।

कार्यक्रममा कृषकहरुबाट उठेका विषयलाई संबोधन गर्दै गण्डकी प्रदेशका भुमी कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापाले किसानका समस्या समाधानको पहलमा लाग्ने आश्वासन दिए ।

आगामी वर्षमा कृषि रणनीति बनाउदा कृषकका गुनसाहरु संबोधन गर्ने गरी नीति निर्माण गर्ने पनि थापाले विश्वास दिलाए । थापाले साना किसान, व्यवसायी उन्मुख किसान, व्यवसायिक किसान, उद्योगीलाई किसानमा वर्गिाकरण गरेर अनुदान तथा कृषिमुखी कार्यक्रम बनाउने बताए ।

कार्यक्रममा मन्त्रालयका सचिव दुर्गा दवाडीले गण्डकी प्रदेशले कृषकहरुको वर्गिकरण गर्दै सोही अनुसारको सेवा सुविधा विस्तारमा लागि परेको बताए ।

नेपाल कृषक संघका अध्यक्ष रिखिराम भुसाल, नेपाली काँग्रेस जिल्ला सभापति खिम प्रसाद भुसाल, विहादी गाउँपालिका अध्यक्ष कमल भुसाल, कृषकहरुको पर्वद्धनका लागि आगामी आर्थिक वर्ष धान, सुन्तला, तरकारी पकेटको क्षेत्र विस्तार गरेर गाउँपालिकालाई कृषिमा आत्म निर्भर बनाउन जोड दिईने बताए ।