गोप्य छलफलमा ओली–दाहाल

2520
views

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पार्टी एकताको बाँकी काम बारे छलफलमा जुटेका छन् ।

अध्यक्षद्वयको छलफल बालुवाटारमा शुरु भएको छ । छलफलमा सचिवालय सदस्य रामबहादुर थापा र विष्णु पौडेल पनि सहभागी गराइएको उक्त छलफलमा केन्द्रीय सदस्यको कार्यविभाजन टुंग्याउन ओली र दाहाल छलफलमा जुटेको बताइएको छ ।

केहि दिनअघि प्रधानमन्त्रीको विषयमा आएको चर्चाबारे पनि छलफल हुने दाहाल निकट स्रोतले जनाएको छ ।