शसस्त्र प्रहरी जनचेतना अभियानमा

802
views

महेश सिंह महतो
सिरहा, २२ जेठ । सिरहाको लहान नगरपालिका भित्र रहेका निजी तथा सामुदायिक र सरकारी विद्यालयहरुमा शसस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प लहानले बिपतको जोखिम न्यूनीकरण कम गर्न जनचेतना अभियान थालेको छ ।

गत बैशाखदेखि शुरु गरेको सो अभियान अहिले लहान नगरपालिकाको पेरागन, लिटिल स्टार, मेरी चिल्ड्रेन, एपोलो ॐ मा.वि. स्कुल, बस्तीपुर मा.वि. र शारदा मा.वि.लगायतका विद्यालयहरुको छात्र छात्रालाई विपद जोखिमबाट जोगिन तथा न्यूनीकरण सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको सिरहाको लहान बेस क्याम्पका डि.एस.पि .प्रेम रावलले बताए ।