सिताराम थापा । नेपाल कम्युनिष्ट पार्टी (मसाल) को आठौं महाधिवेशन काठमाण्डौमा सम्पन्न भएको छ । देशभर बाट करिब पाँचसय जना प्रतिनिधि र पर्यबेक्षक रहेको अधिबेशनले पाँचौ पटक मोहन बिक्रम सिंह महामन्त्रीको कार्यकाल लिन सफल भएका छन् ।
महाधिबेशनले २७ पूर्ण, ९ बैकल्पिक गरि ३६ केन्द्रिय सदस्य र ९ सल्लाहाकारको चयन गरेको छ । केन्द्रिय सदस्यहरुमा बागलुङका बरिष्ठ नेता चित्र बहादुर के.सी. कृष्ण पौडेल, अमर थापा, कृष्ण थापा, कृष्ण अधिकारी, नवलपरासीका कृष्ण पौडेल, दाङबाट रश्मीराज नेपाली, प्युठानबाट दुर्गा पौडेल, राम बहादुर बुढा, बोम बहादुर खत्रि, कृष्ण खड्का, भक्तपुरमा मिना पुन, काठमाण्डौ आनन्द शर्मा, र नवलपुरका गङ्गा पौडेल, दुर्गा के.सी. भारत प्रतिनिधि हुन् ।
बैकल्पिक केन्द्रीय सदस्यहरुमा हरिकृष्ण पाण्डे, शिव पौडेल, ध्रबवीर पुन वासु पोखरेल, कृष्णराज पाण्डे, हरिकान्त शर्मा (मो, निम बहादुर बुढा (काठमाडौं), तुलसी सापकोटा (बाँके), रत्न विक्रम प्यासी (सुर्खेत) रहेका छन् ।
सल्लाहकारहरुमा चेतनाथ आचर्य (रुपन्देही), बद्रे आलम (रुपन्देही), हरि आचर्य (प्यूठान), ठाकुर खनाल (अर्घाखाँची), राजेश विक (नवलपरासी) राजाराम चौधरी (बझाङ), छबिलाल सुर्तुङी (गुल्मी), तारा थापा क्षेत्री (गुल्मी) मधु क्षेत्री (काठमाडौं) रहेका छन् ।
दाङका काशीनाथ पोखरेल र सुरेश थापा, पर्वत हिमलाल पुरि, चितवनका भैरव रेग्मी दैलेख जनक शर्मा डोटीका मनोज भट्ट र आर.सी. भट्ट कास्किा शंकर बराल र चन्द्र बहादुर के.सी. छन् ।
यस्तो छ सिंहको जीवनी
काठमाण्डौमा भएको महाधिवेशनबाट सिंह तेस्रो पटक महामन्त्री बनेका हुन् । वि.स १९९२ बैशाख ३ गते मरुटोल, काठमाडौमा जन्मिएका सिंहको स्थायी ठेगाना दमदमे, ओखरकोट, प्यूठान हो ।
अर्थशास्त्रमा एम.ए. गरेका सिंह २००७ सालमा नेपाली कांग्रेसमा प्रवेश गरि प्यूठान तथा सल्यानको मोर्चाहरुमा सहभागिता भएका थिए । २००८ सालमा जुद्धोदय पब्लिक हाईस्कूलको प्रथम अध्यक्षमा निर्वा्चित उनी २००९ सालमा भारतीय हस्तक्षेप विरोधी विद्यार्थी आन्दोलनमा एक महिना काठमाडौं भद्रगोल जेलमा थुनामा परेका थिए ।
२०१० सालमा नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका सिंह २०११ सालमा प्यूठानको भ्रष्टाचार विरोधी आन्दोलनमा गिरफ्तारी भई २० महिनासम्म जेल जीवन बिताएका थिए । २०१४ सालमा पार्टीको द्वितीय महाधिवेशनमा केन्द्रीय समितिमा निर्वा्चित उनी २०१८ सालमा पञ्चायती तानाशाही अन्तर्गत सुरक्षा कानूनमा ९ वर्ष जेल जीवन बिताएका थिए ।
२०१९ सालमा जेलमा रहेको बेलामा पार्टीको तृतीय महाधिवेशनमा पोलिट ब्यूरोमा निर्वा्चित उनी २०२९ सालदेखि भूमिगत जीवन बिताएका थिए ।
२०३१ सालमा ने.क.पा. (मसाल) को चौथो महाधिवेशनमा पार्टीको महामन्त्रीमा निर्वा्चित उनी २०४१ सालमा रिमको स्थापना सम्मेलनमा सहभागी भएका थिए । २०४६ सालदेखि अर्ध–भूमिगत रहँदै आएका उनी आठौँ महाधिवेशनबाटपाँचौ कार्यकालको लागि महामन्त्री बनेका हुन् ।
बैकल्पिक केन्द्रीय सदस्यहरुमा हरिकृष्ण पाण्डे (कैलाली), शिव पौडेल (कपिलवस्तु), ध्रबवीर पुन (भारत) वासु पोखरेल (दाङ), कृष्णराज पाण्डे (बाके), हरिकान्त शर्मा (मोरङ), निम बहादुर बुढा (काठमाडौं), तुलसी सापकोटा (बाँके), रत्न विक्रम प्यासी (सुर्खेत) रहेका छन् ।
देशभरबाट करिब ५०० जना प्रतिनिधि र पर्यवेक्षक उपस्थित महाधिवेशन अनुशाशन बिहिन र अभद्र तरिकाबाट सप्पन्न भएको बुझिएको छ ।
सल्लाहकारहरुमा चेतनाथ आचर्य (रुपन्देही), बद्रे आलम (रुपन्देही), हरि आचर्य (प्यूठान), ठाकुर खनाल (अर्घाखाँची), राजेश विक (नवलपरासी) राजाराम चौधरी (बझाङ), छबिलाल सुर्तुङी (गुल्मी), तारा थापा क्षेत्री (गुल्मी) मधु क्षेत्री (काठमाडौं) रहेका छन् ।
अल्पमत पक्ष असन्तुष्ट
महाधिवेशनबाट अल्पमत पक्ष भने असन्तुष्ट देखिएको छ । श्रोतका अनुसार महाधिवेशनमा बहुमत पक्षले एकलौटी ढङ्गबाट समिति गठन गरेको, उर्जावान नेतालाई समितिमा नराखिएको भन्दै अल्पमत पक्षले असन्तुष्टी जनाएको छ ।
नेकपा मसालमा लामो समयदेखि महत्वपूर्ण योगदान पुर्रयाएका विगत केन्द्रिय समितिमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गरेका नेताहरु विमल शर्मा, गोविन्द सिंह थापा, ओम बहादुर के सि, रुद्र पौडेल, सन्त बहादुर नेपाली, शशिधर भण्डारी, नर बहादुर पुन, नारायण योगि, राजेन्द्र ढुङ्गाना लगायत चर्चित र उर्जावान नेतालाई हटाइएकोमा असन्तुष्टी जनाएकोे श्रोतले बताएको छ ।
सिंहका उत्तरचढाव
चौथो महाधिवेशनमा पहिलो पटक महामन्त्री भएका सिंहलाई पाँचौ महाधिवेशनले कारवाही गरेको थियो । मोहन विक्रम कारवाही परेपछी चित्र बहादुर केसी, गोविन्द सिंह थापा र भैरव रेग्मीलाई हात लिएर पार्टी फुटाएका सिंह छैठौं महाधिवेशनबाट दोश्रो पटक महामन्त्री भएका थिए ।
छैठौं महाधिवेशन पछि दुर्गा पौडेललाई बिवाह गरेको मुद्दामा छोरा समिर सिंहले पार्टीमा मुद्दा दर्ता गरेपछि सिंहको बिवाह सम्बन्धमा आयोजना गरेको भेलाले सिंहलाई कारवाही गर्दै रामसिंह श्रीसलाई महामन्त्री बनाएको थियो ।
२०५८ सालमा तत्कालीन एकता केन्द्रसंग मसालले पार्टी एकता गरेपछी सिंह तेश्रो पटक महामन्त्रीमा चुनिएका थिए ।
२०६३ मा एकताकेन्द्र र पुर्व मसालका केही नेताहरुबाट पार्टीलाई अलग गरेर नेकपा मसालको पुनः स्थापनाको लागि सातौं महाधिवेशन गरि सिंह चौथो पटक महामन्त्री बनेका थिए भने १२ वर्षपछि काठमाडौमा भएको आठौं महाधिवेशनबाट ८६ वर्षीय सिंह नै फेरी महामन्त्रीमा चुनिएका हुन् ।











