समृद्ध नेपालको सपना काँग्रेस बाहेक अरुले पुरा गर्दैन–सिंह

668
views

दैलेख । कांग्रेस नेता प्रकाशमान सिंहले समृद्ध नेपालको सपना कांग्रेस बाहेक अरु दलले पूरा गर्न नसक्ने बताए । उनले मुलुकका सामु देखिएका चुनौतिहरु सामना गर्न लाग्नुपर्ने परिस्थिति सृजना भएकोले चनाखो हुनुपर्ने समय आएको बताए । नेपाली कांग्रेस भैरवी गाउँपालिका दैलेखले आयोजना गरेको गणेशमान सिह स्मृति भवनको सिलान्यास कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

बर्तमान सरकारले जसरीपनि राज्यसत्ता कब्जामा लिएर अधिनायकवाद लान्द खोजिरहेको भन्दै नेता सिंहले बहुमतका नाममा असबैधानिक कदम नचाल्ने चेतावनी दिए ।

उनले वर्तमान सरकार संघियता कमजोर बनाउन उद्धत रहेको बताउँदै मुलुकका दुर दराजमा यातायात सुबिधा पुराउन नसक्ने, सिहदवार छेउको सडकमा खाल्डाखुल्डी पुर्न नसक्ने सरकारले पानी जहाज र रेल को सपना बाडेकोप्रति व्यंग गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य हृदय राम थानी लगायतले सरकारका गतिविधिहरुको तिव्र विरोध गरेका थिए । सो अवसरमा नेकपा लगायत अन्य पार्टी छाडि नेपाली कांग्रेस मा २ दर्जन बढी नेता कार्यकर्ता प्रवेश गरेका थिए ।