सिन्धुलीमा ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, एक घाइते

875
views

सिन्धुली  । सिन्धुलिको मरिण गाउँपालिका–२ मुंग्रेमा ट्याक्टर दुर्घटना हुँदा दुई बालकको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा एकजना घाइते भएका छन् । मृत्यु हुनेमा मरिण गाउँपालिका–४ मरुवाका १३ बर्षिय सुकमान जिम्वा र सोही पालिका ३ वस्ने वर्ष १४ का सागर माझी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

दुर्घटनामा परी मरिण गाउँपालिका–३ का वर्ष १४ का अभिषेख माझी घाइते भएका छन् । मुंग्रेबाट सखौरीतर्फ आउँदै गरेको अनटेस्ट ट्याक्टर सोमबार होटौडा(चतरा सडकखण्डअन्तरगत मुंग्रेमा अनियन्त्रित भई दुर्घटना भएको हो ।