रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन

1263
views

पोखरा, २९ जेठ । पोखराको डिहोगोपाटन स्थित चापाकोट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ५२ युनिट रगत संकलन भएको छ । उक्त संस्थाले आफ्नो छैठौ वार्षिक उत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा सो रगत संकलन भएको हो ।

पोखरा महानगरपालिका वडा नं ६ का वडाअध्यक्ष जगतबहादुर पहारीले पहिलो रक्तदाता राजन सुवेदीलाई ब्लड ब्याग हस्तान्तरण गर्दै रक्तदान कार्यक्रमको उद्घाटन गरे । “रक्तदान जिवनदान जिवनदान महादान” नारा दिदै आयोजित उक्त कार्यक्रमको समापन शिवलाल पराजुलीको अध्यक्षतामा भएको थियो ।

रक्तसञ्चार केन्द्र रामघाट पोखराको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो ।