जैमिनीमा दलित, महिला जनजाती बाल सवाल

2262
views

सीताराम थापा
बाग्लुङ्ग । बागलुङको जैमिनी नगरपालिका–३ माथिल्लो दमेकमा लक्षित समुहको लागि एक दिवसिय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । लक्षित समूह समितिको आयोजना र सत्कर्म नेपालको सहकार्यमा दलित, जनजाती महिला र बालबालिकाको सवालमा तालिम दिईएको हो ।

तालिममा दलितको पहिचान र अधिकार जनजातिको पहिचान र सवाल, लैङ्गिक समानता र महिला हिंसा, बाल अधिकार लगायतको बिषयमा अभिमुखिकरण गरिएको सत्कर्म नेपालका अभियान्ता तथा प्रमुख प्रशिक्षक सीताराम थापाले बताउनु भयो ।

तालिमको प्रशिक्षण सीताराम थापा, लक्ष्मी बोहोरा, लालु परियार लगायतले गरेका थिए । तालिममा बोल्दै जैमिनि नगरपालिका प्रमुख ईन्द्रराज पौडेलले एक दिवसिय भएपनि तालिमको बियय बस्तु र प्रशिक्षण महत्वपुर्ण र उत्साहजनक भएको बताउनु भयो । उहाँले नयाँ बिषयमा फेरि ज्ञान सीप बढाउने तालिम दिदै जान नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।

तालिमका सहभागिहरुले जातिय अधिकार र मानवको समस्या ज्युदो जागणदो बुझ्न जानकारी भएपनी आगामी बर्ष तालिम लामो अवधिको योजना नगरपालिकाबाट आवस भन्ने अपेक्षा राख्नु भएको थियो । सहजकर्ता अभियान्ता सीताराम थापाले कम लागतमा पनि प्रभावकारी प्रशिक्षण दिईने प्रतिबद्वता दोहोर्याउनु भयो ।