गुठी विधेयक परिमार्जन गर्न प्रधानमन्त्रीको निर्देशन

723
views

काठमाडौं २, असार । प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयकमा सहमति खोज्नका लागि परामर्श तीब्र बनाएका छन् । आज बेलुकीसम्म निस्कर्षमा पुग्ने गरी उनले परामर्श अघि बढाएका हुन् । विधेयकको चौतर्फी विरोध र आलोचना बढदै गएपछि प्रधानमन्त्रीले आज विहान भूमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री पद्मकुमारी अर्याललाई विधेयक परिमार्जन गर्न निर्देशन दिएका छन् ।

नेकपाका नेता योगेश भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा प्रधानमन्त्री ओलीले साँझसम्म राम्रो परिणाम आउने गरी प्रधानमन्त्रीले सक्रियता देखाएको उल्लेख गरेका छन् । उनले धमिलो पानीमा माछा मार्न खोज्नेको हातमा भ्यागुता मात्रै पर्ने पनि उल्लेख गरेका छन् ।

गत बैशाख १६ गते भुमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री पद्मकुमारी अर्यालले गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक–२०७५ राष्ट्रिय सभामा दर्ता गरेकी थिइन् ।