हेमजामा भाडादर एकरुपता

1264
views

गोबिन्द तिमिल्सिना
हेमजा, ३ असार । पोखरा महानगरपालिका वडा न. २५ वडा कार्यलयको पहलमा वडा कृषि सञ्जालको आयोजनामा वडामा भएका ट्यक्टरको भाडादरमा एकरुपता ल्याएको छ ।

अहिले ट्यक्टर ब्यबसाहिले लिदै आएको भाडामा मनपरि भएको भन्दै जनगुनासो आएकाले एकरुपता बनाउनु पर्नेमा जोड दिदै वडा कृषि सञ्जालले बैठक बसि निर्णय गरेको हो ।

वडा कृषि सञ्जालका अध्यक्ष मोतिराम तिमिल्सिनाको अध्यक्षतामा बसेको बैठकले हाल केहि समयको लागि ठुलो ट्यक्टरलाइ प्रतिघण्टा रु २२ सय र सानो ट्यक्टरको लागि प्रतिघण्टा रु.१२ सयमा जोत्नुपर्ने निर्णय भएको छ ।

उक्त दर केहि समय पछि बैज्ञानिक रुपमा निर्णय गर्न प्राबिधिक सहित बसि पुर्न दर फेर बदल गर्न सकिने वडा अध्यक्ष सोभाखर तिमिल्सिनाले बताए ।