धादिङमा जीप दुर्घटना, ४ को मृत्यु, ८ घाइते

752
views

धादिङ । धादिङको गल्छी गाउँपालिका–६ बाँझगाउँमा बोलेरो जीप दुर्घटना हुँदा चारजनाको घटनास्थलमै मृत्यु भएको छ ।

गल्छी गाउँपालिका–५ को सिरुवारीबाट बैरेनीतर्फ आउँदै गरेको बा १८ च ९४०८ नम्बरको जीप दुर्घटना भएको हो। दुर्घटनामा ८ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । स्थानीयले घाइतेहरुको अहिले उद्दार गरी विभिन्न राजमार्गका अस्पतालमा पठाउने क्रम जारी छ ।