कावासोती नगरपालिका उपमेयरको गाडीमा आगजनी

811
views

नवलपरासी, १० असार । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले गएराति पूर्वी नवलपरासीको कावासोती नगरपालिकाका उपप्रमुख प्रेम शंकर मर्दनिया चढ्ने गाडीमा आगजनी गरेका छन् ।

मर्दनिया चढ्ने लु १ झ ३२१ नं. को स्र्कापियो सरकारी गाडी उनकै घरमा अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले जनाएको छ ।

प्रहरीले अज्ञात समूहले भने पनि विप्लवका कार्यकर्ताहरुले आगजनी पछि छाडेको केही पर्चा पनि घटना स्थलमा भेटिएको जनाएको छ ।

मर्दनियाले सरकारी गाडी घरमै लैजाने नगरपालिकाको बाहेक अन्य प्रयोजनमा पनि प्रयोग गर्ने गरेको आरोप लागिरहेका बेला विप्लवका कार्यकर्ताहरुले यसअघि पनि पत्रचार गरेको र उनले भ्रष्टचार गरेको, सरकारी सम्पत्ति र साधन स्रोतको दुरुपयोग गरेको जस्ता आरोप लगाएका छन् ।

प्रहरीले दुई जनाको समूहमा आएका व्यक्तिहरुले आगजनी गरेको जनाएको छ । प्रहरीका अनुसार पेट्रोल छर्की गाडीमा आगजनी गरेको र पछाडिको भागमा सामान्य क्षति भएको छ । क्षति भएको गाडी प्रहरी चौकी कोल्हवामा नियन्त्रणमा ल्याइ राखेको र घटना अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।