स्पोर्ट्स अवार्डका हकदार पाँच प्रशिक्षक

657
views

काठमाडौं । नेपाली खेलकुदकै प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत चारवटा विधातर्फको मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार वर्षको उत्कृष्ट पुरुष, महिला र युवा खेलाडी तथा प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरेको हो ।

उत्कृष्ट प्रशिक्षक विधामा क्रिकेटका जगत टमाटा, प्याराग्लाईडिङका योगश भट्टराई, एथलेटिक्सका धनीराम चौधरी, भलिबलका ज्ञानेन्द्र विष्ट, फुटबलका हरी खड्का हुन् ।

मनोनयनमा पर्ने प्रशिक्षकको विजेता घोषणा कमलादीस्थित प्रज्ञा भवनमा असार १७ गते आयोजना हुने अवार्ड कार्यक्रममै गरिनेछ ।