जैमिनी नगर परिषद सम्पन्न, नीति, कार्यक्रम बजेट पारित

1103
views

सीताराम थापा
बागलुङ । जिल्लाको दक्षिणि भेग अवस्थित जैमिनी नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८ र ०७९ लागि नीति तथा कार्यक्रम र बजेट बक्तव्य मंगलवार नगरसभामा प्रेसित गरेको छ । प्रत्येक स्थानिय तहहरुले असार १० गतेसम्म आफ्ना नीति तथा कार्यक्रम र बजेट पेश गरिसक्नुपर्ने केन्द्रीय नीति अनुरुप जैमिनी नगरपालिकाले पनि आफ्नो नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको हो ।

जैमिनि नगर प्रमुख इन्द्रराज पौडेलले पेश गर्नुभएको नीति तथा कार्यक्रममा मुलत भौतिक पुर्वाधारको साथै कृषिलाई प्राथमिकता र दिगो विकासलाई महत्व दिइ एक वडा एक उत्पादन, एक वडा एक पहिचान र पकेट क्षेत्र साथै एक वडा दुई प्राविधिकको नीति अवलम्बन गरिने नगर प्रमुख ईन्द्रराज पौडेलफे बताउनु भयो। नगरपालिकामा भएको बाँदर समस्यालाई समाधान गर्न छिमेकी पालिकाहरुको अभ्यास र सहकार्यमा बास्तबिक नीत बिधि अवलम्बन गरिने पौडेलको भनाई छ ।

नगर प्रमुख पौडेलले पेश गर्नु भएको नीति तथा कार्यक्रम सामान्य सुझाव र जवाफ पछि आजै नगरसभाले पारित गरेको छ । नगरपालिकाले आफ्नो कला पहिचान हुने नीति ल्याउनुपर्ने, बेसाहाराहरुको लागि आश्रयस्थल स्थापनाको नीति राख्नुपर्ने, बस्ती वरपरको रुख कटानको मापदण्ड र दुरी निर्धारण गर्नुपर्ने, दलित, महिला, बाल लक्षित कार्यक्रम र शसक्तीकरण तालिम लगाएतका कुराहरु नीति तथा कार्यक्रममा समेट्नुपर्ने सुझावहरु आएका थिए ।

नगर उप प्रमुख लिला रानाले कृषी र दिगो विकासलाई नै बढी प्राथमिकतामा राखेर आगामी बर्षका लागि ५२ करोड उनान्नअसी लाख पाँच हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको छ। पुँजिगत तर्फ १६ करोड १६ लाख ५ हजार रुपैया रहेको बजेटमा चालु तर्फ ९ करोड रुपैयाँ विनियोजन गरिएको उप प्रमुख राना बताउनु हुन्छ। आर्थिक विकासलाई मुख्य आधार मानेर आगामी आर्थिक बर्षमा ५२ करोड उनान्असी लाख ५ हजार रुपैयाँ आम्दानी हुने लक्ष्य लिइएको बजेटमा नगरपालिकाको बिभिन्न शिर्षकमा आन्तरिक आयबाट ५२ लाख १० हजार रुपैयाँ संकलन हुने अपेक्षा राखिएको बताईएको छ ।

आगामी आर्थिक बर्षदेखी करको दर फराकिलो बनाउने र सम्पत्ति कर अनिवार्य गर्ने उप प्रमुख रानाको भनाई छ । जैमिनी नगरपालिकाले लिँदै आएको करको दर यसबर्ष एकाधमा बाहेक अन्यमा परिवर्तन नगरिएको रानाद्वारा उल्लेख छ ।