काँग्रेस कार्यकर्ता विवादले विकास निर्माणको काम ठप्प

3785
views

ललितपुर । ललितपुरको गोदावरी नगरपालिका वडा नं ३ थापाचौर हुँदै बडिखेल जाने सडक निर्माण हुदै गर्दा नेपाली कांग्रेसका कार्यकर्ताहरुले बाटो निर्माणको काम रोकिदिएका छन् ।

वडाको बजेटले शुरु गरिएको बाटो निर्माणको काममा उनिहरुले बिभिन्न बाहानामा काम रोक्न खाजिरहेको स्थानियले गुनासो गरे । ‘यो जिर्ण अवस्थामा रहेको बाटो मर्मत संम्भार हुँदा संयौ घरधुरी लाभान्वित हुने थिए’

बडिखेल जाने बाटो निर्माण हुँदै गर्दा नेपाली कांग्रेसका रमेश सिल्वाललगाएत २०, २५ जनाको समुहले बाटो निर्माण गर्ने टीममाथि नै हातपात गरेका थिए । पिता पुर्खा देखि हिड्दै गरेको सो बाटो आज जनताको चाहाना अनुरुप निर्माण हुँदै गर्दा बन्द गर्ने उद्देश्यले पटक पटक अवरोध गर्न आउनु दुखद कुरा रहेको बाटो निर्माण उपभोक्ता समितिका सदस्य हरिविर सिल्वालके भनाई छ ।

‘विकासको कार्यमा सबै एक भै अगाडि जान जरुरी रहेको अवस्थामा विकासका बाधक केहि व्यक्तिहरु अवरोध सिर्जना गर्न लागिपरेका छन् ।’ बाटो निर्माण बाटो निर्माण उपभोक्ता समितिका अर्का सदस्य जगन्नाथ थापा भन्छन् ‘यस प्रकारको गतिविधि रोक्न सबै स्थानिय एकजुट हुनुपर्ने समय आएको छ ।’

असार १४ गते शनिवार बिहानै बाटो खन्ने र तार जाली लगाउने काम भइरहेको अवस्थामा दुवै समुहबिच विवाद हुदाँ हात हालाहालको स्थिति सिर्जना भएको थियो ।

घटनास्थलमा प्रहरी पुगेपछि स्थिति सामान्य बनेको थियो । अहिले प्रहरी चौकी बाणेगाउँमा बाटो निर्माण गर्न दिनेबारे दुवै पक्षबिच सम्झौता भएको बाडेगाउ प्रहरी प्रमुख श्याम कट्ट्वालले बताए ।

विवाद साम्य भएपनि अवरोध सिर्जना हुने त्रासमा कामदारले काम गर्न डराइरहेकोले हाल बाटो निर्माण कार्य ठप्प भएको उपभोक्ता समितिले जनाएको छ ।

जनताको काम गर्दैगर्दा जो कसैलाई पनि बदनाम गराउने, गिराउने र पुर्वाग्रह राख्ने अनि आफू भोलीका दिनमा वडा अध्यक्ष हुने योजनामा नेपाली कांग्रेसका कार्यकर्ता रमेश सिलवालको योजना भएको नायक, समाजसेवी, स्थानिय राज घिमिरे बताउँछन् । बाटोको काम भै रहेको ठाउमा आफुले झगडा छुट्टाउदै गर्दा झगडा गरेको भनी भ्रम फैलाएको प्रति घिमिरेले दुःख ब्यक्त गर्दै विकासको अभियानमा साथ दिन सबैलाई आग्रह गरेका छन् ।