एनआरएनए स्पेनको पाइभास्कोमा–कमला बराल

1116
views

स्पेन । गैरआवासीय नेपाली संघ स्पेनको क्षेत्रिय समिति पाईभास्कोको अध्यक्षमा कमला बराल –कमला किशु) निर्वाचित भएकी छन् । समितिको दोश्रो अधिबेशनमा भएको निर्वाचनमा अध्यक्ष बरालले १ सय ४१ मत ल्याएर प्रतिद्धन्द्धी मालती पन्तलाई पछि पारिन् । पन्तले १४० मत प्राप्त गरेकी थिइन् ।

त्यस्तै केन्द्रीय सदस्यमा कृष्ण प्रसाद सिग्देलले १ सय ५१ मत ल्याएर विजयी भएका थिए भने उनका प्रतिद्धन्द्धी टंकनाथ बरालले १ सय २४ मत ल्याएर पछि परेका थिए ।

त्यस्तै सचिवमा खगेन्द्र बम (जेकी) ले १ सय ४९ मत पाप्त गरेर विजय बनेका थिए भने उनका प्रतिद्धन्द्धी सन्जय सुवेदीले १ सय १५ मत पाप्त गरेका थिए ।

त्यस्तै समितिको कोषाध्यक्षमा गेल्जेन शेर्पा, महिला संयोजकमा उमा गुरुङ, युवा संयोजकमा डेविट कार्की निर्विरोध निर्वा्चित भएका छन् भने सदस्यहरुमा रमेश पण्डित, अन्जनदा यादव, महेश घिमीरे, शिव सापकोटा, दामोदर निरौला, सविन पोखरेल र बाबुराम सुवेदी चुनावी प्रतिश्पर्धाबाट विजयी भएका हुन् ।