सहमतिपछि खोलियो क्याम्पसमा लगाइएको ताला

577
views

कैलाली, ७ साउन । अखिल क्रान्तिकारी र दुर्गा लक्ष्मी बहुमुखी क्याम्पस प्रशासनबिच लिखित सहमतिपछि क्याम्पसमा लगाइएको ताला खुलेको छ ।

नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारीले शुल्क बृद्धि फिर्ताको माग गर्दै क्याम्पसमा ताला लगाएको थियो। सुदुरपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा रहेको दुर्गा लक्ष्मी क्याम्पस प्रशासनले मनोमानी ढंगले विद्यार्थीबाट शुल्क असुल्ने गरेको उनीहरुको अखिल क्रान्तिकारीका कैलाली जिल्ला अध्यक्ष पुष्पराज जोशीले बताए ।

शुल्क बृद्धिको विरोधमा आइतबार अखिल क्रान्तिकारीले क्याम्पस प्रशासन र लेखा शाखामा लगाएको ताला आज खोलिएको थियो । अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य एवःकैलाली जिल्ला अध्यक्ष पुष्पराज जोशीले आज क्याम्पस प्रशासनसंगको छलफलबाट शुल्क समायोजन गर्ने सहमतिपछि ताला खोलिएको जनकारी दिए ।

सहमति पत्रमा क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख डम्बर बहादुर पाल र अखिल क्रान्तिकारीका तर्फबाट अध्यक्ष जोशीले हस्ताक्षर गरेका छन् । सहमति कार्यान्वयन नभए थप आन्दोलन गर्ने चेतावनी अखिल क्रान्तिकारीले दिएको छ ।