पुष्पलाल स्मृति दिवसः कम्युनिष्ट आन्दोलन र योगदानको चर्चा, विपी स्मितिमा वृक्षारोपण

2329
views

सीताराम थापा
बाग्लुङ, ७ साउन । ४१ औ पुस्पलाल स्मृति दिवसको अवसरमा कम्युनिष्ट आन्दोलन र योगदान बिषयक एक बृहत बिचार गोष्ठी बागलुङमा सम्पन्न भयो ।

पुष्पलाल स्मृति दिवसमा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सचिव गोबिन्द नेपालीले नेपाली कांङग्रेसलाई जनताले परिक्षण गरि नेकपालाई बहुमत दिएकाले यो सरकारले जनताको मन छुने काम नगरे पल पल पराजित हुने बताए ।

नेपालीले दक्षिण एसियाकै ठुलो अभिमत दिएर नेकपालाई जिताउँदा जुन किसिमले काम गर्नुपर्ने हो यसको समिक्षा गरि ईमान्दारीता अपनाउनु नै पुष्पलाल स्मृतिको सच्चा स्मरण हुने बताए ।

पुष्पलालको भुमिका सेमरण गर्दै उनले आजसम्म नेपालमा कम्युनिष्ट पार्टीको महत्व हुनुमा पुष्पलालको योगदान र भुमिका रहेको बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका सभापति दिपेन्द्र थापाले गणतन्त्र ल्याउन नेपाली काँग्रेको योगदान भएकाले नेकपाको सरकारले पुष्पलालको भावना कुल्चियर जनअपेक्षा अनुसार फरक संदेश जाने गरि काम नगरेको बताए । उनले शोषित पीडितको पक्षमा काम नभएको र बिधेयक बनाउदै फिर्ता गर्दै रुमल्लिएको बताए ।

राष्ट्रिय जनमोर्चा नेपालका सचिव भिमलाल पोख्रेलले पुष्पलालको गोरेटोबाटै नेपालका कम्युनिष्ट सत्तामा पुगेका छन् अब प्रश्न आउँछ के सत्तारुढ कम्युनिष्ट पुष्पलालले देखाएकै बाटो र वर्ग चरित्रमा अगाडि बढिरहेको छ ?

उनले दुई तिहाईको नेकपा गिर्दा सिंङ्गो कम्युनिष्ट आन्दोलनमा जनताको साथ नपाउने हुँदा कम्युनिष्टको झण्डामा आएको सत्ताले यतिबेला वर्गका लागि काम र सुशासनमुखी विधि अपनाउन सकेमात्र पुष्पलाललाई सम्झिनुको अर्थ हुने तर्क गरे ।

कार्यक्रममा प्रदेश सांसद एवं नेकपा बागलुङका अध्यक्ष ईन्द्रलाल साप्कोटाले सरकारको भौतिक संरचनामा बाहेक मानविय विकासमा ध्यान कम गएको बताए ।

कार्यक्रममा जिल्ला सचिव ज्ञामनाथ गैरे अनिलको संचालन र सचिवालय सदस्य कृष्ण पाठकको स्वागतबाट संचालन भएको थियो ।

विपी स्मृति दिवसमा वृक्षारोपण
यता नेपाली काँग्रेस बाग्लुङले बिपि जयन्तिको अवसरमा वृक्षारोपण गरि विपीको स्मरण गरेको छ । नेपाली काँग्रे्रेसले वृक्षारोपण गरि विपीको स्मरण गरेको सांसद प्रकाश शर्मा पौडेलले बताए ।

सांसद पौडेलले विपी मार्गबाट काँग्रेस चिप्लिदा सत्तामुखी कम्युनिष्टको हावी भएको बताए । उनले नेपालमा कम्युनिष्ट भन्दा काँग्रेस उत्तम भएको तर, जनता कम्युनिष्टमुखी हुन गईरहेको अवस्थामा कम्युनिष्टका झुट र ब्रह्मलुटको भण्डाफोर गर्नुपर्ने अस्था आएको बताए ।