पोखरा, ८, साउन । बालयौन दुरूपयोग तथा अप्राकृतिक मैथुन गरेको अभियोगमा पोखरा महानगरपालिका–६ बाट अष्ट्रेलियन नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
डिहिको पाटन डेरा गरी बस्दै आएका ६३ वर्षीय बेरीम्यान थोमस अल्फ्रेडलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
विभिन्न मुलुकका विदेशी नागरिकहरुले नेपाली बालकहरुलाई ललाई फकाई विभिन्न प्रलोभनमा पारी बालयौन दुरूपयोग गरी बालकहरुलाई पीडित बनाउने गरेको भन्ने विषेश सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंज तथा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त टोलीले उनको डेराबाट २ जना पीडित बालकलाई उद्दार गरी उनलाई पक्राउ गरेको हो ।
बेरीम्यानलाई बालयौन दुरूपयोग तथा अप्राकृतिक मैथुन (जबरजस्ती करणी) कसुर अन्तर्गत मुद्दामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।











