अविरल बर्षाले गाईघाट कदमाहा सडक अबरुद्ध

481
views

महेश सिंह महतो
सिरहा , ९, श्रावण । सप्तरीको सुरुंगा नगरपालिका लक्ष्मिपुर स्थित मुनि खोलामा आएको बाढिले यात्रुहरु अलपत्र परेका छन् । गाईघाट र नेपालटार जाने मुख्य सडकको रूपमा रहेको उक्त सडकमा पानी जमेर गाडीहरू अबरुद्ध भएका हुन । लगातार तिनदेखी परेको अविरल बर्षाले मुनिखोलामा आएको बाढीले सप्तरीका बासिन्दाहरु आतंकित भएका हुन् ।

सानो खोलाको रूपमा देखिने मुनिखोलाले बर्षा याममा स्थानीयहरुलाई धेरै अप्ठ्यारो गर्ने गरेको छ । सुख्खा समयमा खोलाजस्तो न देखिने र बर्षा याममा पानीको बहाब बढदै जाने गरेको छ ।

उक्त खोलामा आएको बाढीले प्रत्येक बर्ष बाढीपहिरोबाट आसपासको गाउँहरु लक्ष्मिपुर, कर्हर्वा, चहका, भेडिया, लगायतका गाउँहरु दुबानमा पर्ने गरेका छन् ।

मगंबार, बुधबार र बिहीबार परेको पानीले सडक अबरुद्ध भएको छ । खोलामा पुल नहँुदा काठमाडौं र विराटनगरबाट आउने गाडीहरू गन्तव्यमा पुग्न नसकेका सयौं गाडीहरू सडकमै अलपत्र पर्ने गरेका छन् ।खोलामा पुलको बारेमा सुरुगा नगरपालिका कुनै चासो न देखाएको स्थानीयहरुको गुनासो छ ।