सिंगापुरसँग ८२ रनको अन्तरले नेपाल पराजित

1226
views

काठमाडौं । सिंगापुरले नेपाललाई ८२ रनको फराकिलो अन्तरले हरायो । नेपालको लागि टी–२० विश्वकप खेल्ने आशा समाप्त भएको छ ।

१९२ रनको लक्ष्य पाएको नेपालले १५ ओभरमा सबै विकेट गुमाउँदै १०९ रन मात्र बनाउन सक्यो। कप्तान पारस खड्का १२ रनमा आउट भए भने ज्ञानेन्द्र मल्लले ३९ रन बनाए। यस्तै दीपेन्द्रसिंह ऐरी २३ बानाए।

टस जितेर व्याटिङ रोजेको सिंगापुरले निर्धा्रित २० ओभरमा ६ विकेट गुमाउँदै नेपाललाई १९२ रनको लक्ष्य दिएको थियो। अभिनास बोहोराले सर्वा्धिक चार विकेट लिए भने करण केसीले दुई विकेट लिए।

यो संगै सिंगापुर असोजमा हुने ग्लोबल छनौटमा पुगेको छ। १४ टोलीको प्रतिस्पर्धा हुने ग्लोबल छनौटका शीर्ष ६ टोली २०२० मा हुने टि २० विश्वकप खेल्नेछन् ।