गण्डकी सांसदलाई सुनको लोगो

945
views

सीताराम थापा । गण्डकी प्रदेश पोखराका सांसदहरुलाई प्रदेश सभाले सुनको लोगो र खहिरो रंङ्गको कोट लगाउने ब्यवस्था गरेको छ । गण्डकी प्रदेश सभाले चीनबाट सुन जडित नयाँ लोगो ल्याईएकोले लोगो पहिले भन्दा ३३ गुणा महंगो भएको जनाएको छ । लोगोको डिजाईन पुरानै भएपनि धातुको रुपमा चाँदी र बाहिरी कक्षमा सुन लेपन गरिएको हो ।

यसअघि प्रदेशका मुख्मयन्त्री देखि मन्त्री र सांसदहरुले प्लाष्टिकको लोगो प्रयोग गर्दै आएका थिए । गुणस्तरीय र आकर्षक लोगो बनाउन कार्यव्यवस्था परामर्श समितिले निर्णय गरेर पठाईएको थियो । सांसदहरुले लगाएको लोगो एक वर्ष नपुग्दै धमिलिएपछि दीर्घकालीन बनाउन लागिएको प्रदेश श्रोतको भनाई छ ।

यस अघिको लोगोको मूल्य १ सय ९५ रुपैयाँ पर्ने नयाँ लोगोको मूल्य ६ हजार ५ सय रुपैयाँ छ । सभामुख नेत्रनाथ अधिकारी नेतृत्वको कार्यव्यवस्था परामर्श समितिको सिफारिसमा गठित ‘लोगो तथा पोशाक सिफारिस समिति’ ले गतसाल भदौ ३० गते गण्डकी प्रदेशको लोगो सार्वजनिक गरेको थियो । सनेहि डिजाईनमा लोगोभित्र प्रयोग गरिएको धानको बाला सुनको रहेको छ ।

प्रदेशसभाले पहिलो पटक सबै सांसदलाई निशुल्क लोगो उपलब्ध गराएको छ । त्यो हरायो भने पुनः ३ हजार रुपैयाँ तिरेर सांसदले प्रदेश सभाबाट खरिद गर्न पाउने ब्यवस्था गरिएको छन् । प्रदेशमा सांसद मणिभद्र कंडेलले बताए ।

पहिलो चरणमा ७५ थान लोगो आयात भएको र २५ थान आउन तयार भएको जनाएको छ । लोगो बनाउन पहिलो चरणमा करिब ५ लाख भुक्तानी भैसकेको छ भने २५ पिसको चालू बर्षको खर्च बाट ब्यहोर्ने प्रदेश सभाका सचिव हरिप्रसाद बास्तोलाले जानकारी दिए ।

खुला प्रतिष्पर्धामा निर्मित लोगोको डिजाईन प्रदेशसभाकै कर्मचारी विनित राना मगरले बनाएका हुन् । उनले बनाएको प्रदेशको लोगोमा दुई धानका बालाले घेरेको गोलाकारभित्र रहेको माछापुच्छ्रेको चुचुरोको आकार सहितको अन्नपूर्ण हिमश्रृंखला छ । त्यसभन्दा तल गाढा र फिका रङको पहाडछ । लोगोको माथिपट्टि देखिने हिमाल छ भने नेपालको नक्साभित्र गण्डकी प्रदेशको छुट्टै नक्सा तथा गैंडा र जरायो पनि छ । उक्त लोगो केही महंगो प्रयोग गरिएको बताईन्छ ।