सुन तोलाको ७० हजार पुग्यो, तनावमा व्यवसायी

1057
views

काठमाडौं । सुन तोलामा ७० हजार पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक सातादेखि लगातार बढेको सुन बिहीबार पाँच सय रुपैयाँ बढ्दै ७० हजार पुगेको हो ।

बुधबार सुन एकैदिन तोलामा १५ सय रुपैयाँ बढेको थियो । बुधबार तोलामा ६९ हजार ५ सय रुपैयाँ कारोबार भएको सुन बिहीबार ७० हजार पुगेको हो ।

चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । चाँदी तोलामा १५ रुपैयाँले बढेर ८२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तीजको मौसममा सुनको मूल्य बढ्दा व्यवसायी तनावमा छन् । लगातार मूल्य बढेपछि बजारमा सुनको माग ह्वातै घटेको व्यवसायीको भनाइ छ ।