त्रिशूलीमा खस्यो रात्री बस, तीन जनाको मृत्यु

672
views

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ सलाङघाटस्थित त्रिशुली नदिमा बस खस्दाँ तीन जनाको मृत्यु भएको छ । सर्लाहीको मलङगाबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ७४६९ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान ३ः३० बजेको समयमा त्रिशुली नदिमा खसेको प्रहरीले जनाएको छ ।

बसमा कति यात्रु थिए भन्ने यकिन हुन सकेको छैन । अहिलेसम्म १० जनाको उद्धार गरिएको प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए । नेपाली सेना, शसस्त्र प्रहरीको टोली उद्धारमा खटिएका छन् ।