प्रधानमन्त्री स्वदेश फिर्ता, स्वास्थ्य स्थिति ठीक

465
views

काठमाडौं । स्वास्थ्य परीक्षणका लागि साउन १८ गते सिंगापुर प्रस्थान गरेका प्रधामन्त्री ओली सोमबार स्वदेश फर्किए लगत्तै स्वास्थ्य स्थिति ठीक रहेका बताएका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रिएपछि प्रधानमन्त्रीले आफ्नो स्वास्थ्य अवस्थाठीक रहेको जानकारी दिएका हुन् ।

ओलीले सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटल (एनयुएच) मा स्वास्थ्य परीक्षण गराएका थिए । १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका ओलीले आफ्नो स्वास्थ्य परीक्षणलाई उत्तिकै महत्व दिँदै आएका छन् ।