रक्त क्यान्सर पीडितलाई पोर्चुगलबाट आर्थिक सहयोग

1041
views

पोर्चुगल, २ भदौ । रक्त क्यान्सरबाट पीडित लमजुङ बेशीशहर नगरपालिका–९ की १९ वर्षीया सुष्मा दीक्षितको उपचार सहयोगार्थ संकलित रकम नेपाल पठाइएको छ । यहाँ सञ्चालन गरिएको ‘रक्त क्यान्सर पीडित सुष्मा बचाउ अभियान’ अन्र्तगत संकलित गरिएको एक हजार २६६ युरो अर्थात् रु एक लाख ५८ हजार ५०० सहयोग रकम नेपाल पठाइएको अभियानका अभियानकर्मी सुनिल ढुङ्गानाले जानकारी दिए ।

घरपरिवारको आर्थिक स्थिति निकै कमजोर रहेको र आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि दीक्षितको जीवन रक्षाका लागि सहयोग रकम सङ्कलन गरेर नेपाल पठाइएको ढुङ्गानाले बताए ।

विगत तीन वर्षदेखि रक्त क्यान्सरबाट पीडित दीक्षितको हाल काठमाडौँ महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।