संक्रमणकालिन न्याय सम्बन्धि टुङ्गो लगाउन प्रधानमन्त्रीले बोलाए सर्वदलिय बैठक

467
views

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा मंगलबार सर्वदलीय बैठक बस्ने भएको छ । प्रधानमन्त्री ओलीले आज संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक बोलाएका छन् । सरकारको नेतृत्व गरेको १८ महिनापछि प्रधानमन्त्री ओलीले आज पहिलो पटक सर्वदलीय बैठक बोलाएका हुन् ।

सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिनसम्बन्धी आयोगमा पदाधिकारी नियुक्त नगरिँदा अन्तराष्ट्रिय समुदायले नेपालमाथि दबाब बढाइरहेको सन्दर्भमा सर्वदलीय बैठक बोलाइएको हो । यी दईवटा आयोगका लागि नेकपा र कांग्रेसबीच लामो समयदेखि छलफल भइरहेको छ

प्रधानमन्त्रीले बुधबारका ५ बजेका लागि नेपाल कम्युनष्टि पार्टी (नेकपा) र नेपाली कांग्रेसको बैठक बोलाएका छन् । यी दुवै बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बस्नेछन् ।

आइतबार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायसम्बन्धी दुईवटा आयोगहरूको टुंगो एक सातामा लगाइसक्ने बताएका थिए ।