उपनिर्वाचनका लागि ४० करोड प्रस्ताव

807
views

काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर १४ गतेका लागि तोकिएको उपनिर्वाचनका लागि ४० करोड रुपैयाँ प्रस्ताव गरिएको निर्वाचन आयोगले जनाएको छ ।

उपनिर्वाचनका लागि ५५० मतदान केन्द्र कायम हुने पनि आयोगले जनाएको छ । आयोगका प्रवक्ता शंकरप्रसाद खरेलका अनुसार प्रतिनिधिसभाको एक, प्रदेशसभाका तीन र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक र वडाध्यक्ष ४१ समेत गरी ५० पदका लागि हुने उक्त निर्वाचनमा ५५० मतदान केन्द्र आवश्यक रहको छ ।

निर्वाचनमा करिब पाँच लाख मतदातालाई मतदान गर्ने अधिकार हुनेछ । गत साउन १६ गते १८ वर्ष उमेर पुगेका तत् निर्वाचन केन्द्रमा मतदाता नामावलीमा नाम समावेश भएका नेपाली नागरिकले मतदानमा भाग लिन पाउनेछन् । आयोगले करिब ६ हजार ८०० जनशक्ति परिचालन गर्नुपर्ने अनुमान गरिएको छ ।