म चाँडै मर्दिनँ, अर्को चुनावको सामना गर्न तयार रहनु–प्रधानमन्त्री

556
views

काठमाडौं, ४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई मरिगए हन्थ्यो भन्नेहरुलाई अर्को चुनावका लागि सामना गर्न तयार रहन आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले आफू उपचारका लागि जान लाग्दा नकारात्मक सोच्नेहरु पनि भएको भन्दै केहीले आफूलाई चाँडै मरिगए हुन्थ्यो भनेर मृत्युको कामना गर्नेहरु पनि रहेको बताए । प्रधानमन्त्रीले आफुलाई अझै १५ बर्ष केही नहुने बताए ।

गृहमन्त्रालयद्वारा बुधबार आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले केहीले आफूलाई चाँडै मरिगए हुन्थ्यो भन्ने चाहेको पनि उल्लेख गरे ।

‘म भोलि सिंगापुर जाँदैछु । केही दिनका लागि । अचम्म लाग्छ, कोही कति कमजोर भएछन् भने बाँचोस् कामना गर्छौं भन्ने छैन, मरिहालेदेखि हुन्थ्यो । मलाई त्यस्ता प्रवृतिहरुसँग केही भन्नु छैन र म स्वास्थ्य परीक्षण तथा उपचारका लागि जाँदै छु’, उनले भने,’आउँदो चुनाव पनि सामना गर्न तयार भएर बसुन भन्न चाहान्छु ।