रविकी पत्नी निकिताले प्रहरीमा जाहेरी दिने

832
views

काठमाडौ । शालिकराम पुडासैनी मृत्यु प्रकरणमा प्रहरी हिरासतमा रहेका पत्रकार रवि लामिछानेकी पत्नी निकिता पौडेलले प्रहरीमा जाहेरी दर्ता गर्ने जानकारी दिएकी छिन् ।

निकिताले आफ्नो फेसबुक स्टाटसमा लेखेकी छिन् ‘आज म महानगरपालिका प्रहरी टेकु काठमाण्डुमा मेरो श्रीमान् रवि लामिछाने मामिला सम्बन्धी डिजिटल र इलेक्ट्रोनिक प्रमाणको हेरफेर गर्नेहरूका विरुद्ध एफआईआर दर्ता गर्ने छु ।’ “हामी सत्यका लागि हौं हामी न्यायका लागि हो’’

पत्रकार शालिकराम पुडासैनीले आत्महत्या अघिरेर्कड गरेको भनिएको भिडियोका बारेमा अनुसन्धान गर्न भन्दै निकिताका पति रविलाई प्रहरीले हिरासतमा राखेको छ । अदालतले रवि लामिछाने सहित तिनैजनालाई मंगलवार पाँचदिनको म्याद थपेको छ ।