पहिरोले घर भत्किदा मृत्यु भएका परिवारलाई आर्थिक सहयोग

688
views

महेन्द्र जिसी
पर्वत, ८, भदौ । गत भदौ ३ गते कुश्मा–२ मा पहिरोले घर पुरिएर मृत्यु भएका मृतकका परिवारलाई कुश्मा नगरपालिकाले एकलाख पचास हजार सहयोग गरेको छ ।

कुश्मा नगरपालिका वाड नं २ खुर्कोट वोडिस्वाँरा निवासी मृतक ७० वर्षिय रेम वहादुर चालिसेको परीवारलाई घरैमा पुगेर राहत उपलब्ध गराइएको हो । पहिरोले घर भत्किदा पुरिएर दुःखद निधन भएको पाँचौ दिनको श्रदान्जली दिँदै नगर प्रमुख रामचन्द्र जोशीले मृतककी छोरी कमला केसीलाई हस्तान्तरण गर्नुभएको हो ।

विपद व्यवस्थापन कोषको बजेट मार्फत पहीरो पीडित र मृतकका आफन्तलाई राहत उपलब्ध गराइएको हो । पहीरो पिडीत लामीछाने परीवारलाई नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पर्वतले पनि राहत सहयोग उपलब्ध गराएको हो ।

रेडक्रस सोसाईटी पर्वतले पिडीत परीवारलाई तीन थान त्रिपाल, दुई थान कम्वल, र दुई सेट भाडा उपब्ध गराइएको शाखाका सभापति रुद्र बहादुर रिमालले जानकारी दिनुभयो । आईतबार राहत हस्तान्त्रण र क्षतीको विवरण संकलनको लागि नगर पालिकाको टोली पहीरो पिडीत लामीछाने कहाँ पुगेको हो ।