प्लाज्मा फेरेसिस प्रक्रियाद्वारा प्रधानमन्त्रीको उपचार गरिंदै

750
views

काठमाडौँ,९, भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाद्वारा सिङ्गापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा शुक्रबारदेखि नै उपचार सुरु भएको छ ।

‘प्रधानमन्त्री ओलीको मिर्गौलामा ‘एन्टीबडी’को मात्रा बढेकाले प्लाज्मा फेरेसिस प्रक्रियाद्वारा शुक्रबारबाटै उपचार सुरु गरिएको हो । हाल उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।’

स्वास्थ्य परीक्षण तथा थप फ्लोअपका लागि प्रधानमन्त्री ओली बिहीबार सिङ्गापुर गएका हुन् । प्रधानमन्त्री ओलीको प्लाज्मा फेरेसिस उपचार विधि अझै केही पटक गरिनेछ  प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंह शाहले जानकारी दिएकी छिन् ।

प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्रीको उपचार सुरु गरिएको र स्वास्थ्यस्थिति सामान्य अवस्थामा रहेको भन्दै आइतबार ट्विट गरी जानकारी दिएका छन् ।